आरम्भ माइक्रोफाइनान्सको आईपीओ बिक्री आजसम्म

<p>काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आजसम्म बिक्री खुला हुने भएको छ ।संस्थाको १ सय रुपैयाँ अंकित मूल्यका २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गरेको छ। निष्कासन भन्दा बढी आवेदन परेपछि सोमबार निष्कासन बन्द हुन लागेको हो । ५० देखि बढीमा १ हजार कित्ता [&hellip;]</p>

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आजसम्म बिक्री खुला हुने भएको छ ।संस्थाको १ सय रुपैयाँ अंकित मूल्यका २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गरेको छ।

निष्कासन भन्दा बढी आवेदन परेपछि सोमबार निष्कासन बन्द हुन लागेको हो । ५० देखि बढीमा १ हजार कित्ता आईपीको लागि दरखास्त दिन पाइने छ ।

कुल निष्कासनको ३ प्रतिशत अर्थात ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्कासनको ५ प्रतिशत अर्थात १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्टाइएको छ ।

आईपीओ निष्कासपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ हुने छ । संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । संस्थाको आईपीओ अनलाईन वा बैंक तथा वित्तीय संस्था दुबैमा गएर भर्न सकिने छ ।

धितोपत्र बोर्डले पुस २० गते आईपीओ निष्कासन गर्न आरम्भलाई अनुमति दिएको थियो ।

Share News