पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

<p>काठमाडौ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्नुहुनेछ । उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा आज रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार शिष्टाचार भेट [&hellip;]</p>

काठमाडौ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्नुहुनेछ । उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा आज रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन् । रासस

Share News