लगातार बढेको पेट्रोलको मूल्य घट्यो, निगमलाई १५ करोड नाफा हुने

<p>काठमाडौं । पछिल्लो समय लगातार बढेको पेट्रोलको मूल्य १ रुपैयाँ घट्ने भएको छ । भारतबाट मूल्य घटेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले मूल्य घटाएको हो । प्रतिलिटर १०४ रुपैयाँ रहेको पेट्रोलको मूल्य घटेर अब १०३ रुपैयाँमा पाइने भएको छ । बाँकी पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए । [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय लगातार बढेको पेट्रोलको मूल्य १ रुपैयाँ घट्ने भएको छ । भारतबाट मूल्य घटेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले मूल्य घटाएको हो ।


प्रतिलिटर १०४ रुपैयाँ रहेको पेट्रोलको मूल्य घटेर अब १०३ रुपैयाँमा पाइने भएको छ । बाँकी पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए ।

उनको अनुसार घटेको मूल्य आइतबार राति १२ बजेदेखि लागु हुनेछ । उनले उपत्यका ‘बेस’ अनुसार मूल्य जानकारी दिए ।

त्यस्तै निगमको अनुसार आगामी पाक्षिक(१५ दिनको अबधि)मा १५ करोड रुपैयाँ नाफा हुने भएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले पछिल्लो समय लगातार घाटामा गएको निगमलाई नाफा हुने भएको उनको भनाइ छ । गएको पाक्षिक मात्रै निगमलाई ७ करोड १५ लाख रुपैयाँ निगमलाई घाटा भएको थियो ।

Share News