काठमाडौं । केडिया अर्गनाईजेशनअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले ललितपुरको कानदेवता थानमा रहेको गुरुद्वारा गुरुनानक सत्संग समितिलाई ४ लाख रुपैयाँ बराबरको सिमेन्ट सहयोग गरेको छ । पुष्पतारा केडिया सेवा संस्थाद्वारा आयोजित एक कार्यक्रममा इण्डष्ट्रिजले उक्त गुरुद्वारा गुरुनानक सत्संग समितिलाई सहयोग गरेको हो ।

आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत कम्पनीले बिभिन्न देशबाट नेपालका धार्मिक तीर्थस्थलहरुमा दर्शन एवं पुजा गर्न आउने भक्तजनहरुलाई बसोवासको लागि गुरुद्वाराले धर्मशाला निर्माण शुरु गरेको भन्दै सहयोग गरेको जनाएको छ । कम्पनीको अनुसार निर्माण हुदै गरेको धर्मशालाको भवन २४ कोठाको हुनेछ । भवनमा बस्न आउने भक्तजन तथा तिर्थालुहरुलाई गुरुद्वारले निशुल्क खाना र बस्नको व्यवस्था गर्नेछ ।
गुरुद्वार पंजावीहरुको गुरु, गुरुनानको नाममा खोलिएको हो । भवनमा बासस्थाको साथसाथै बिवाह, ब्रतवन्ध तथा अन्य भागवत बाचनको लागि समेत उपयुक्त हुने भवनका संरक्षक बलवन्त सिंहले बताएका छन् ।