एलजीले ‘फ्री एसी सर्भिस क्याप’ शुरु गर्ने, जुनसुकै एसी निशुल्क सर्भिसिङ्ग गराउन सकिने

<p>काठमाडौं । एलजीले यस वर्ष पनि &#8216;फ्री एसी सर्भिस क्याप, २०१८&#8217; शुरु  गर्ने भएको छ । यस क्याम्प अन्तर्गत ग्राहकहरुले जुन सुकै ब्राण्डको एसी निशुल्क सर्भिसिङ्ग गराउन सक्ने छन् । साथै, एलजीकै एसीभएमा स्पेयर पार्टस्मा विशेष छुट दिइने छ । नयाँ एलजी एसी किनेमा अथवा अरु कुनै एसीसँग नयाँ एलजी एसी साटेमा पनि विशेष छुट पाईने [&hellip;]</p>

काठमाडौं । एलजीले यस वर्ष पनि ‘फ्री एसी सर्भिस क्याप, २०१८’ शुरु  गर्ने भएको छ । यस क्याम्प अन्तर्गत ग्राहकहरुले जुन सुकै ब्राण्डको एसी निशुल्क सर्भिसिङ्ग गराउन सक्ने छन् ।

साथै, एलजीकै एसीभएमा स्पेयर पार्टस्मा विशेष छुट दिइने छ । नयाँ एलजी एसी किनेमा अथवा अरु कुनै एसीसँग नयाँ एलजी एसी साटेमा पनि विशेष छुट पाईने कम्पनीले जनाएको छ ।

यस क्याम्पअन्तर्गत पहिलो चरणमा काठमाडौं, नारायणगढ, बुटवल, पोखरा, नेपालगंज र धनगढी मा यो क्याम्पको लागि रेजिस्ट्रेशन गर्न सकिने छ । त्यस्तै, दोस्रो चरणमा विराटनगर, इटहरी, धरान र विर्तामोडमा रेजिस्ट्रेशन गर्न सकिने छ । पहिलो चरणको रेजिस्ट्रेशनगर्नको लागि फाल्गुण २० गते देखि चैत्र ०२ गते कम्पनीमा सम्पर्क अथवा इमेल गर्नुपर्ने हुन्छ । त्यस्तै, सोही नम्बरहरु वा इमेलमा चैत्र ०४ देखि चैत्र १६ सम्म दोस्रो चरणका लागि रेजिस्ट्रेशन गर्न सकिने कम्पनीले बताएको छ ।

नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।

 

Share News