एशियन लाईफ इन्स्योरेन्सको इलाम र बागलुङ्गको उपशाखा शाखामा स्तरोन्नती

<p>काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले इलाम र बागलुङ्गको उपशाखालाई शाखामा स्तरोन्नती गरेको छ । कम्पनीले इलामकाे उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २७ औं शाखाको रुपमा आइतबार(आज)देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले गरेका थिए । त्यसैगरी, बागलुङ्गमा अवस्थित उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २८औं शाखाको रुपमा आजैदेखि [&hellip;]</p>

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले इलाम र बागलुङ्गको उपशाखालाई शाखामा स्तरोन्नती गरेको छ । कम्पनीले इलामकाे उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २७ औं शाखाको रुपमा आइतबार(आज)देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले गरेका थिए ।

त्यसैगरी, बागलुङ्गमा अवस्थित उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २८औं शाखाको रुपमा आजैदेखि संचालनमा ल्याएको छ ।

कम्पनीले २८ वटा शाखा र ६७ वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाब्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ ।

Share News