पोखरा फाइनान्सको सी­आस्वा सेवा सञ्चालनमा

<p>काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले सी­आस्वा प्रणाली सञ्चालनमा ल्याएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त सेवा सञ्चालनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी­आस्वा लागु गरिएकोले ग्राहकले वित्तीय संस्थाको कार्यालयमा सम्पर्क गरी सी­आस्वा रजिष्ट्रेसन नम्बर (सि.आर.एन.) लिनुपर्ने छ । त्यसपछि ग्राहक स्वयंले [&hellip;]</p>

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले सी­आस्वा प्रणाली सञ्चालनमा ल्याएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी­आस्वा लागु गरिएकोले ग्राहकले वित्तीय संस्थाको कार्यालयमा सम्पर्क गरी सी­आस्वा रजिष्ट्रेसन नम्बर (सि.आर.एन.) लिनुपर्ने छ । त्यसपछि ग्राहक स्वयंले अनलाइन मार्फत् वा वित्तीय संस्थाको कुनै पनि शाखामा गई सोही बमोजिम आवेदन बराबरको रकम आफ्नो खातामा रोक्का राखी आवेदन दिन सक्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् ।

Share News