नेपाल इन्भेष्टमेण्ट बैंकको भैरहवा शाखा स्थानान्तरण

<p>काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले भैरहवा शाखाको स्थानान्तरण गरेको छ । बैंकले रुपन्देही जिल्ला सिदार्थनगर नगरपालिका वडा न. ५ अवस्थित बैंकको भैरहवा शाखा कार्यालयलाई सोही नगरपालिकाको नारायणपथस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ । बैंकले स्थानीय माग अनुसार कारोबार गर्ने स्थान सानो भएकाले आवश्यकता पूर्तिका लागि बैंकले सुविधा सम्पन्न भवन निर्माण गरी शाखा सारेको [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले भैरहवा शाखाको स्थानान्तरण गरेको छ । बैंकले रुपन्देही जिल्ला सिदार्थनगर नगरपालिका वडा न. ५ अवस्थित बैंकको भैरहवा शाखा कार्यालयलाई सोही नगरपालिकाको नारायणपथस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ ।

बैंकले स्थानीय माग अनुसार कारोबार गर्ने स्थान सानो भएकाले आवश्यकता पूर्तिका लागि बैंकले सुविधा सम्पन्न भवन निर्माण गरी शाखा सारेको हो । बैंकले हाल ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । हाल प्रदेश नम्वर १ मा ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३१ वटा, प्रदेश नम्वर ४ मा ५ वटा, प्रदेश नम्वर ५ मा ८ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा पुगेको छ । साथै, बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटीएम रहेको छ ।

Share News