अपडेटः नेप्से ५० अंकले झरेर १३०० अंक तल

<p>काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र गिरावट देखिएको छ । कारोबार खुलेको पौने ३ घण्टामा नेप्से परिसूचक ५० अंकले ओरालो लागिसकेको छ । दिउँसो करिब १ बजेर ४१ मिनेट जाँदा बजारमा नेप्से परिसूचक ३.७६ प्रतिशतले घटेर परिसूचक १२९५ अंकमा झरेको छ । सबैभन्दा बढी बीमा समूह ३०२ अंकले घटिसकेको छ । बाँकी कारोबारमा आएका सबै [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र गिरावट देखिएको छ । कारोबार खुलेको पौने ३ घण्टामा नेप्से परिसूचक ५० अंकले ओरालो लागिसकेको छ ।

दिउँसो करिब १ बजेर ४१ मिनेट जाँदा बजारमा नेप्से परिसूचक ३.७६ प्रतिशतले घटेर परिसूचक १२९५ अंकमा झरेको छ ।

सबैभन्दा बढी बीमा समूह ३०२ अंकले घटिसकेको छ । बाँकी कारोबारमा आएका सबै सूचक राताम्मे छन् ।

सो अवधिसम्म अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले ९.३१ प्रतिशत गुमाएका छन् । बजारमा जम्मा ४ वटा कम्पनीले करिब २ प्रतिशत कमाएका छन् भने कारोबारमा आएका बाँकी सबै कम्पनीले गुमाएका छन् ।

Share News