अपडेटः सेयर बजार ३.०४ प्रतिशतले ओरालो, सबै समूह राताम्मे

<p>काठमाडौं । आइतबार बजार खुलेको २ घण्टामै सेयर बजार ३.०४ प्रतिशतले ओरालो लागेको छ । सो दिन करिब १ बजेर ७ मिनेट जाँदा नेप्से परिसूचक ४० अंकले घटेको छ । भारी अंकले घटेको बजारमा सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३४ अंकले ओरालो लागेको छ । बजारमा परिसूचक सँगै काराबार [&hellip;]</p>

काठमाडौं । आइतबार बजार खुलेको २ घण्टामै सेयर बजार ३.०४ प्रतिशतले ओरालो लागेको छ । सो दिन करिब १ बजेर ७ मिनेट जाँदा नेप्से परिसूचक ४० अंकले घटेको छ ।

भारी अंकले घटेको बजारमा सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३४ अंकले ओरालो लागेको छ ।

बजारमा परिसूचक सँगै काराबार रकममा पनि गिरावट आएको छ । सो अवधिसम्म कूल १३८ कम्पनीको २३ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

Share News