काठमाडौं । सेयर बजार आइतबार ३० अंकले भारी गिरावट आएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र भनेको चर्चा चलेपछि यसको असर बजारमा परेको हो । घटिरहेको बजार नयाँ सरकार आएपछि पनि झनै घटेको छ ।
बीबीसीसंगको अन्तरवार्तामा अर्थमन्त्री डा. खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको बुझाइ लगानीकर्तामा अाएको छ । अर्थमन्त्री सेयर बजार प्रति सकरात्मक छैनन् । सेयर बजारमा लगानीकर्ताको मनोवल र विश्वास झनै गुमाएको एक ब्रोकरले बताए ।
“नयाँ सरकार आएपछि बजार बढ्ने अनुमान गरिएको थियो तर झन घट्यो” उनले भने “अर्थमन्त्रीको अनुत्पादक क्षेत्र भन्ने समाचार बाहिर आएपछि बजार घट्नमा सहयोग पुगेको हो।” अर्थमन्त्री सेयर बजारप्रति सकरात्मक नभएको आरोप लाग्दै आएको छ ।
अनुत्पादक क्षेत्र भनेको चर्चा चलेपछि यसको असर बजारमा परेको हो । घटिरहेको बजार नयाँ सरकार आएपछि पनि झन् घटेकाे छ ।
सेयर बजारमा लगानीकर्ताको मनोवल र विश्वास झनै गुमाएको एक ब्रोकरले बताए । नयाँ सरकार आएपछि बजार बढ्ने अनुमान गरिएको थियो तर झन घट्यो उनले भने अर्थमन्त्री डा. खतिवडाको अनुत्पादक क्षेत्र भन्ने समाचार बाहिर आएपछि बजार घट्नमा सहयोग पुगेको उनको भनाई छ ।