काठमाडौं । लाबिज एण्ड बार्यन फेसन लिमिटेडले फेन्सी कपडाको अनलाइन बजार सुरु गरेको छ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले एक विशेष कार्यक्रमबिच कपडा डटकमको औपचारिक सुरुवात गरेका हुन् ।
लण्डनमा ३ वर्ष अघिदेखि सञ्चालनमा आएको कपडा डटकमले नेपाली परम्परागत पोशाकदेखि लिएर बजारमा उपलब्ध विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका पोशाक बिक्री गर्ने छ ।
पछिल्लो समयमा इ–कर्मश विश्व बजारमा निकै लोकप्रिय बन्दै गइरहेको र नेपालमा इ–कर्मश उद्योगको प्रवद्र्धन गर्न सघाउने उद्देश्य सहित यो अनलाइन साइट सञ्चालन गरिएको कपडा डट कमका प्रमुख कार्यकारी विष्णु पुरीले बताए ।
ग्रहाकले पोशाक ई–सेवा, पेपाल, डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी अनलाइनबाट खरिद गर्न सक्नेछन् । नेपाल भित्रका उपभोक्ताले भने क्यास अन डेलिभरी समेतको समेत सुविधा पाउने छन् ।
यो साइटमा उपभोक्ताले नेपाली गर्मेन्ट्स, फुटवेयर, विभिन्न किसिमका गिफ्टस आइटम, केक, विद्यालयका पोशाक लगायतका सामानहरु खरिद गर्न सक्नेछन् । यी सामानको खरिदमा होम डेलिभरीको सुवधा समेत रहेको कम्पनीले जनाएको छ ।