काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले रुपन्देही जिल्लाका तिलोत्तमा नगरपालिकाको मंगलापुर, सैनामैना नगरपालिकाको रामापुर कलौनी र कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर ४ नं. मा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयहरुको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालबाट एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन गरेका छन् । साथै सोही अवसरमा मंगलापुर शाखा कार्यालयको प्रांगणमा रहेको एटिएमको समेत समुद्घाटन गरिएको छ ।
उक्त अवसरमा तिलोत्तमा नगरपालिका प्रमुख वाशुदेव घिमिरे, पूर्व सांसद तथा वरिष्ठ सामाजिक व्यक्तित्व बाबुराम राना तथा नेपाल राष्ट्र बैंक भैरहवा कार्यालयका प्रमुख अशोक पौडेलले शुभकामना व्यक्त गरेका थिए ।
बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अध्यक्षता गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।