
काठमाडौं । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले कानून विपरित लघुवित्त संस्थालाई कारोबारमा रोक्न निर्देशन दिएको छ ।
गाउँपालिकाको फागुन ८ गते बसेको गाउँसभाले बैंक तथा लघुवित्तीय कारोबार गरिरहेका संस्थालाई १ मनिाभित्र कारोबार बन्द गर्न निर्देशन दिएको हो ।
गाउँपालिकाले निर्धन उत्थान विकास बैंक, किसान लघुवित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंकलाई कारोबार रोक्न निर्देशन दिएको हो ।
गाउँसभाले सहकारी संस्थालार्य मात्र वित्तीय कारोबार गर्नृ दिने भनेको छ ।
सरकारले वित्तीय पंहुचको योजना ल्याइरहेका बेला नियम विपरित गाउँपालिकाले आफुखुसी निर्णय गरेर वित्तीय संस्था बन्द गराउन लागेका छन् ।
यता नियामक नेपाल राष्ट्र बैंकले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर यस्तो निर्णय स्थानीय तहले गएन नसक्ने बताएको छ ।
साथै यस्ता लघुवित्त संस्थामा बचत गरेका बचकर्ताको रकम फिर्ता गरिदिन समेत निर्देशन दिइएको छ । शुक्रबार बसेको लघुवित्त बैंकर्स संघको बैठकले राष्ट्र बैंक समक्ष स्थानीय निकायबाट आउने यस्ता खालका निर्णयहरु रोक्न पहल गरिदिन आग्रह ग गरेको छ ।