राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

<p>काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’भन्ने मूलनाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो । स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट [&hellip;]</p>

काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’भन्ने मूलनाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो ।

स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एकजना भाग्यशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको थियो ।

भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमईका प्रमुख बिक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि कूल ३४ हजार ४ सय ३६ रुपैयाँ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट भएका छन् । सेवा र शर्त अनुसार सेवाग्राही राई स्वयम् वानीजले सिफारिस गरेको व्यक्तिले उक्तउपहार पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु जस्तै- मनीग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लालबहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमईका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा साइप्रसबाट मनीग्राममार्फत पठाएको पैसा नेपालमा आइएमईमार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित भएका हुन् । सेवा र शर्त अनुसार सेवाग्राही गुरुङ्ग स्वयमले उक्त उपहार पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेमिटेन्स सेवा दिँदै आएको छ ।

 

Share News