सार्वजनिक विदा कटौती गर्न नेपाल चेम्बरको माग

<p>काठमाडौं । निजी क्षेत्रले सार्वजनिक विदा घटाउन सरकारसंग मागेको छ । अत्याधिक सार्वजनिक विदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाब पारेको भन्दै त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै विदा दिइनुपर्ने उपयुक्त हुने निजी क्षेत्रको सुझाव छ । नेपाल चेम्बर अफ कमर्शले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको २३ पृष्ठ लामो आर्थिक विकासको सुझाव प्रतिवेदनमा [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रले सार्वजनिक विदा घटाउन सरकारसंग मागेको छ । अत्याधिक सार्वजनिक विदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाब पारेको भन्दै त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै विदा दिइनुपर्ने उपयुक्त हुने निजी क्षेत्रको सुझाव छ ।

नेपाल चेम्बर अफ कमर्शले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको २३ पृष्ठ लामो आर्थिक विकासको सुझाव प्रतिवेदनमा अत्याधिक सार्वजनिक विदाले मुलुकको आर्थिक वृद्धिमा असर परेको भन्दै विदा कटौतीको माग गरेको हो ।

चेम्वरले ‘आगामी दशकमा दुई अंकको आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा चेम्बरले जोड दिएको छ । यस्तै डुईग विजनेशको लागत घटाउने, कानुनी शाशनको प्रत्याभुति, औद्योगिक विकास तथा विदेशी लगानी विषय सुझाबका बुँंदाहरु छन ।

साथसाथै राजश्वतर्फ, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेटालियम पदार्थ सम्वन्धी व्यवस्थालगायतका विषयमा पनि सुझाबका बुँंदा छन ।

Share News