तारागाउँ रिजेन्सी होटलको साधारणसभा चैत १२ मा, ७ प्रतिशत नगद लाभांश र सञ्चालकको भत्ता दोब्बर बनाउने

<p>काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २१ औं वार्षिक साधाणसभा चैत १२ गते गर्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । गत आवमा होटल्सले २८ करोड ७ लाख रुपैयाँ नाफा गरेको थियो । सभाले प्रवन्ध सञ्चालक र कार्यकारी सञ्चालकलाई आउदो [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २१ औं वार्षिक साधाणसभा चैत १२ गते गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

गत आवमा होटल्सले २८ करोड ७ लाख रुपैयाँ नाफा गरेको थियो ।

सभाले प्रवन्ध सञ्चालक र कार्यकारी सञ्चालकलाई आउदो ४ वर्षका लागि नियुक्त गर्ने प्रस्ताव पारित गर्ने कार्यक्रम छ । यस्तै सञ्चालकको बैठक भक्ता दोब्बर बढाएर ११ हजार ७६४ रुपैयाँ पुर्याउने प्रस्ताव सभाबाट पारित हने होटल्सले जनाएको छ । हाल सञ्चालक बैठकभक्ता ५ हजार ८८२ रुपैयाँ छ ।

Share News