काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गोरखाको छेपेटारमा शाखा बिस्तार गरेको छ । बैंकका अध्यक्ष प्रा. डा. रविन्द्रप्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंकका पूर्व संचालक राजु गुरुङ्गले एक समारोह बिच उक्त शाखाको उद्घाटन गरेका हुन् ।

त्यसैगरी, बैंकले थकाली सेवा समाज, विनायक बस्ती, बालाजु, काठमाडौंमा एटीएम सेवाको शुरु गरेको छ । प्रतिनिधि सभाका सांसद माननीय प्रेमप्रसाद तुलाचन तथा बैंकका अध्यक्ष प्रा. डा रविन्द्रप्रसाद श्रेष्ठले सयुक्त रुपमा एटीएम मेशिनको उद्घाटन गरेका हुन् ।
