
काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आउदो शुक्रबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ ।
बैंकमा अधिक तरलताको अवस्था कमजोर हुदै गएपछि राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थासंगको सरकारको ट्रेजरी बिल सोभै खरिद बोलकबोल गरी पैसा पठाउन लागेको हो ।
अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा कम भएकाले रिपो जारी गर्न नपाउदा केन्द्रीय बैंकले सिधै बोलकबोलमार्फत ट्रेजरी बिल्स खरिद गर्न लागेको हो ।