काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २०औं शाखा झापा जिल्लाको दुधेबजारमा स्थापना गरी उद्घाटन गरेको छ । शाखाको उद्घाटन मंगलबारका दिन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शर्मा र यस बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् ।
बैंकले उक्त शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । हाल बैंकले विभिन्न २२ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै, चालु आ.व.मा आफ्नो कार्यक्षेत्र भित्रका थप केहि ठाउँहरुमा शाखा विस्तार गर्ने बैंकको लक्ष्य रहेको छ ।