टेलिकमले ल्यायो होली अफर, विभिन्न ४ सेवामा विशेष छुट

<p>काठमाडौं । नेपाल टेलिकमले फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । सो अफर कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले उपयोग गर्न सक्ने छन् । यस अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ । अनलिमिटेड भ्वाइस नाइट कल कम्पनीले [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । सो अफर कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले उपयोग गर्न सक्ने छन् । यस अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ ।

अनलिमिटेड भ्वाइस नाइट कल
कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिन सम्म कल गर्न सकिने छ ।

अनलिमिटेड अल टाइम डाटा
त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड नाइट डाटा
एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस 
अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ ।

होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415# डायल गर्न सकिने छ ।

Share News