नयाँ सरकारलाई पत्याएन सेयर बजारले, परिसूचक दोहोरो अंकले ओरालो

<p>काठमाडौं । नयाँ सरकार विस्तार भएपछि पनि सेयर बजारमा सुधार भएको छैन । सरकार विस्तार भई अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडा नियुक्त भएपछिकाे बुधबारको बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १८.८२ अंकले घटेर १३४५.९९ अंकमा झरेको छ । केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन ३६ अंकले सेयर बजार उकालो [&hellip;]</p>

काठमाडौं । नयाँ सरकार विस्तार भएपछि पनि सेयर बजारमा सुधार भएको छैन । सरकार विस्तार भई अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडा नियुक्त भएपछिकाे बुधबारको बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १८.८२ अंकले घटेर १३४५.९९ अंकमा झरेको छ ।

केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन ३६ अंकले सेयर बजार उकालो लागेको थियो । त्यसपछि निरन्तर घटेको बजार अर्थमन्त्रीमा खतिवडा नियुक्त भएको दिन पनि सामान्य अंकले बढेको थियो । त्यसपछिको बजार भने निरन्तर ओरालो लागिरहेको छ । बजार अझै ओरालो लाग्ने क्रम जारी छ । नयाँ सरकारलाई सेयर बजारले नपत्याएको देखिएको छ ।

बजारमा लगानीकर्ताको विश्वास नबढेको र बैंकको चर्को ब्याजदरले पनि बढ्न नसकेको लगानीकर्ता बताउछन् । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएको सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक १५१ अंकले ओरालो लागेको छ । त्यस्तै, जलविद्युत, होटल, लघुवित्त, विकास बैंक, बैंकिङ र अन्य समूहको सूचक दोहोरो अंकले घटेका छन् ।

बुधबारको बजारमा कूल १६० कम्पनीको ५४ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी प्रभु बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । यस प्रभुको सेयर मूल्य प्रतिकित्ता २२७ रुपैयाँ रहेको छ । प्रभुको सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताले बढी खरिद गरेका हुन् ।

बजारमा सबैभन्दा बढी सिभिल बैंकका लगानीकर्ताले ५.८४८ प्रतिशत गुमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

Share News