सिटिजन्स बैंकद्वारा पुस्तकालयलाई ५० हजार सहयोग

<p>सिटिजन्स बैंकद्वारा पुस्तकालयलाई ५० हजार सहयोग ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नाराकासाथ नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिमढुङ्गा क्षेत्रका त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा उक्त ५० हजारको चेक पुस्तकालय [&hellip;]</p>

सिटिजन्स बैंकद्वारा पुस्तकालयलाई ५० हजार सहयोग ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नाराकासाथ नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिमढुङ्गा क्षेत्रका त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा उक्त ५० हजारको चेक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वरप्रसाद पोखरेललाई हस्तान्तरण गरिएको थियो । उक्त सहयोग रकम निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि प्रयोग गरिने समितिका अध्यक्ष पोखरेलले प्रतिबद्धता जनाए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले युवा पुस्तामा पुस्तक पढ्ने बानिमा ह्राश आउँँदै गरेको अवस्थामा समयानाकुल प्रविधिको उपयोग गरी पुस्तकालय सञ्चालन गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै पुस्तकालयलाई सहयोग गरेको जानकारी दिए । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि आर्थिक सहयोग गर्दै आएको बताइएको छ ।

Share News