काठमाडौं । हिमालयन बैंक लिमिटेडले नपालगञ्ज उपमहानगरपालिकालाई १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ ।
नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटिभी जडान लगायतका कार्यक्रम सञ्चालन गर्न बैंकले सहयोग गरेको हो । बैंकको नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई सहयोग रकम बराबरको चेक प्रदान गरेका हुन् ।
कार्यक्रममा मेयर राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान जस्ता कार्यमा बैंकको सहयोगले सकारात्मक भुमिका खेल्ने बताए ।