रसुवाका सांसद मोहन आचार्यले व्यक्तिगत लगानीमा ४ किलोमिटर सडक बनाए

<p>काठमाडौं । सासंद मोहन आचार्यले रसुवाको कालिका गाउँपालिका अन्तरगत चित्रेपानी गाँउमा आफ्नो व्यक्तिगत लगानीमा सडक निर्माण गरेका छन् । एक महिनाअघि जिल्लाको दुर्गम गाउँमा सडक निर्माण गर्न १ करोड ७० लाख रुपैयाँ पर्ने स्क्याभेटर र डोजर सहयोग गरेका आचार्यले पुनः आफनै लगानीमा सडक निर्माण गरेका हुन् । बर्षौदेखी सडकको पर्खाईमा रहेका चित्रेपानीबासीको आफ्नै घर अगाडी [&hellip;]</p>

काठमाडौं । सासंद मोहन आचार्यले रसुवाको कालिका गाउँपालिका अन्तरगत चित्रेपानी गाँउमा आफ्नो व्यक्तिगत लगानीमा सडक निर्माण गरेका छन् ।

एक महिनाअघि जिल्लाको दुर्गम गाउँमा सडक निर्माण गर्न १ करोड ७० लाख रुपैयाँ पर्ने स्क्याभेटर र डोजर सहयोग गरेका आचार्यले पुनः आफनै लगानीमा सडक निर्माण गरेका हुन् ।

बर्षौदेखी सडकको पर्खाईमा रहेका चित्रेपानीबासीको आफ्नै घर अगाडी मोटर गुडेको हेर्ने चाहाना सासंद आचार्यको विजय सगै पुरा भएको छ । अब दोश्रो चरणमा पासाङलामु राजमार्गको पराङक्षेबाट पात्ले जोड्ने सडक खन्ने काम शुरु हुने भएको छ । यो सडकको लम्बाई करिब २ किलोमिटर छ ।

सांसद आचार्यले बाटोले नछोएका जिल्लाका सबै स्थानहरुमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्याउने अभियानको शुभारम्भ माघ २७ गते स्काभेटर र डोजर जिल्लालाई उपलव्ध गराएर शुरु गरेका थिए ।

सो अभियानबाट लाभान्वित हुने चित्रेपानी बासिहरु पहिलो बन्न पुगेका छन् । अभियानअन्तर्गत पहिलो चरणमा रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलबाट चित्रेपानी सम्मको करिव ४ किलोमिटर ग्रामिण सडक निर्माण सम्पन्न भएको छ ।

रसुवाका सबै गाँउमा ग्रामिण सडक सञ्जाल पुर्याउन योजना सार्वजनिक गरेका छन् । जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ, पार्वतीकुण्ड गाउँपालिकाको हाकु, सानो हाकु, नेसिङलगायतका ठाउँहरुमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन ।घर अगाडी मोटर बाटो आईपुग्दा भुकम्पबाट पीडितहरुलाई घर निर्माणमा प्रत्यक्ष सहयोग पुगेको स्थानिय बासिहरुको भनाई छ ।

Share News