उदयपुर सिमेन्टले ६० करोड कर तिर्न बाँकी, १५ दिन भित्र नतिरे कार्वाही गर्ने ठूला करदाता कार्यालयकाे चेतावनी

<p>काठमाडौं । सरकार स्वामित्वको संस्थानले समेत करोडौ रुपैयाँ कर बुझाउन बाँकी रहेको पाइएको छ । लामो समयदेखि कर नबुझाएपछि ठूला करदाता कार्यालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई कर तिराउन ताकेता गरेको छ । कर कार्यालयले १५ दिनभित्र कर तिर्न उद्योगलाई सयम (अल्टिमेटम) दिएको छ । तोकिएको समयभित्र कर नबुझाए आयकर ऐनअनुसार कार्वाही अघि बढाउने कर कार्यालयले [&hellip;]</p>

काठमाडौं । सरकार स्वामित्वको संस्थानले समेत करोडौ रुपैयाँ कर बुझाउन बाँकी रहेको पाइएको छ । लामो समयदेखि कर नबुझाएपछि ठूला करदाता कार्यालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई कर तिराउन ताकेता गरेको छ ।

कर कार्यालयले १५ दिनभित्र कर तिर्न उद्योगलाई सयम (अल्टिमेटम) दिएको छ । तोकिएको समयभित्र कर नबुझाए आयकर ऐनअनुसार कार्वाही अघि बढाउने कर कार्यालयले चेतावनी दिएको छ ।

उद्योगले आर्थिक वर्ष ०५९/०५९ देखि हालसम्म कर नतिरेको कार्यालयले जानकारी दिएको छ । १६ वर्षको करको साँवा र ब्याज गरी ६० करोड ३० लाख २८ हजार रुपैयाँ कर तिर्न बाँकी रहेको कर कार्यलयले जनाएको छ ।

कर कार्यालयले फागुन १५ गतेसम्मको कर चुक्ता गर्न उद्योगलाई भनेको छ । कार्यालयकाअनुसार आयकर अग्रिम कट्टी र अन्तशुल्क समेत गरी ३२ करोड ९ लाख रुपैयाँ वक्यौता र सोको व्याज २८ करोड रुपैयाँ बढी छ ।

Share News