धान किन्न नसकेपछि नेपाल खाद्य संस्थानले ३४ करोडको चामल किन्ने

<p>काठमडौं । लक्ष्य अनुसारको धान खरिद गर्न नसक्ने भएपछि नेपाल खाद्य संस्थानले वैशाखदेखि चामल किन्ने भएको छ । गएको दुई वर्ष पर्याप्त धान खरिद गरेकोले चामल किन्न नपरेकाे संस्थानले यो वर्ष धान खरिद गर्न नसकेसँगै चामल किन्ने लागेकाे हो । संस्थानको प्रवक्ता शंकर सापकोटाले यो वर्ष ३४ करोड रुपैयाँ बराबरको करिब १ लाख क्वीटल चामल [&hellip;]</p>

काठमडौं । लक्ष्य अनुसारको धान खरिद गर्न नसक्ने भएपछि नेपाल खाद्य संस्थानले वैशाखदेखि चामल किन्ने भएको छ । गएको दुई वर्ष पर्याप्त धान खरिद गरेकोले चामल किन्न नपरेकाे संस्थानले यो वर्ष धान खरिद गर्न नसकेसँगै चामल किन्ने लागेकाे हो ।


संस्थानको प्रवक्ता शंकर सापकोटाले यो वर्ष ३४ करोड रुपैयाँ बराबरको करिब १ लाख क्वीटल चामल खरिद गर्ने तयारी गरिरहेको बताए । ‘अबको केही हप्तासम्म धान खरिद गरिनेछ,’ उनले भने ‘तर धान खरिद उत्साहजनक देखिएको छैन । त्यसैले चामल किन्ने गृहकार्य भइरहेको छ ।’

आगामी वैशाखदेखि चामल खरिद गर्न सुरु गर्ने उनले बनाए । यस वर्ष संस्थानले निर्धारण गरेको धानको मूल्यभन्दा बजार मूल्य बढी भएको तथा भारत सरकारले जीएसटी लागू गरेसँगै अनौपचारिक रुपमा मुलुकमा भित्रिने गरेको धान नआएकोले पनि धान खरिदमा प्रभाव परेको उनकाे बुझाइ छ ।

संस्थानले झापा, विराटनगर, लहान, विरगन्ज, काठमडौं, भैरवा, नेपालगन्ज, सुर्खेत, धनगडी लागयतका स्थानहरुबाट चामल खरिद गर्ने जानकारी दिएको छ । संस्थानका अनुसार खाद्यन्न सुरक्षा भण्डारणको लागि २५ हजार टन खाद्यन्न स्टकमा राख्नु पर्ने हुन्छ । त्यस्तै सार्क फुड बैंकमा नेपालकोतर्फबाट ८ हजार टन खाद्यन्न जम्मा गर्नु पर्ने प्रावधान छ ।

चालु वर्ष ६४ करोड रुपैयाँ बराबरको २ लाख ७६ हजार क्वीटल धान खरिद गर्ने लक्ष्य राखेता पनि हालसम्म करिब ९४ हजार क्वीटल मात्र धान खरिद भएको संस्थानका प्रवत्ता सापकोटाको भनाइ छ ।

 

Share News