तारागाउँ होटल र नेपाल फाइनान्सले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदैछ ?

<p>काठमाडौं । तारागाउँ रिजेन्सी होटल र नेपाल फाइनान्सले बुक क्लोजको मिति तोकेका छन् । तारागाउँ रिजेन्सी होटलले आगामी फागुन १८ गतेदेखि चैत १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । होटलले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको हो । होटलको साधारणसभा चैत १२ गते हुने भएको छ । सभामा होटलले सेयरधनीलाई [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्सी होटल र नेपाल फाइनान्सले बुक क्लोजको मिति तोकेका छन् ।

तारागाउँ रिजेन्सी होटलले आगामी फागुन १८ गतेदेखि चैत १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । होटलले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको हो ।

होटलको साधारणसभा चैत १२ गते हुने भएको छ । सभामा होटलले सेयरधनीलाई (कर समेत) ७.३६८ प्रतिशत अर्थात १४ करोड ५ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव लैजाँदै छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल फाइनान्सले फागुन १५ गतेदेखि २९ गतेसम्म संस्थाको बुक क्लोज गर्ने भएको छ । यस संस्था फागुन २९ गते विशेष साधारणसभामा जाँदै छ

Share News