काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले अनलाइन मार्फत धितोपत्र लगानी गर्न सकिने सी-आस्वा सेवा प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन गर्दा अनिवार्य रुपमा सी-आस्वा प्रणालीमार्फत सेयर आवेदन गराउने व्यवस्था गरेसँगै ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले उक्त सेवा शुरु गरेको हो ।
यो व्यवस्था लागू गरेपछि सार्वजनिक निष्काशनको दरखास्त संकलन गर्ने कार्य व्यवस्थित र सहज हुने छ भने यसबाट सेवाग्राहीलाई सार्वजनिक निष्काशन हुँदा धितोपत्रमा लगानी गर्न घरमै बसी सेवा दिन सकिने छ । हाल सञ्चालनमा रहेका ३२ वटै शाखा कार्यालय बाट सी-आस्वा रजिष्ट्रेशन फारम भरी रजिष्ट्रेशन नम्बर प्राप्त गर्न सकिने बैंकले जनाएकोे छ ।