काठमाडौं । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यसअघि एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा बितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेञ्ज अफर सुरु गरेको हो ।

मोबाइल हबले अहिले सञ्चालन गरिरहेको मोबाइल मेलाको अवधि एक साता थपेको जनाएको छ । मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनि मूल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् । मोबाइल हबमा उपलब्ध कुनै पनि ब्राण्डका मोबाइलसँग ग्राहकले आफ्नो पुरानो मोबाइल साट्न सक्ने उनले बताए ।
मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा किन्न पाइने उनको भनाइ छ । मेला अवधिमा गल्फ खेलेर, फोटो कन्टेस्टमा सहभागी भएर समेत ग्राहकहरुले आईफोन, ओप्पो एफ ५, भिभोको भि ७ लगायतका मोबाइल सित्तैंमा जित्न सक्ने जनाइएको छ ।