काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जुम्ला उपशाखा शाखामा परिणत(स्तरोन्नती) भएको छ । बैंकले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले उक्त उपशाखालाई २६औं शाखाको रुपमा परिणत गरी मंगलबारदेखि संचालनमा ल्याएको छ ।
यस कम्पनीले २६ वटा शाखा र ६९ वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पत्ती सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा योजना, सरल सुरक्षा म्यादि जीवन बीमा योजना, जन कल्याण म्यादि जीवन बीमा योजना लगायत १७ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ ।
साथै, ग्राहकलाई ध्यानमा राखी भविष्यमा अन्य योजनाहरु समेत ल्याउने यस कम्पनीको योजना रहेको छ ।