नेपाल इन्भेष्टमेण्ट बैंकले एकैदिन खोल्यो तीन वटा शाखा

<p>काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन पर्वत, बैतडी र भोजपुरमा गरी तीव वटा शाखा विस्तार गरेको छ । यी ३ शाखा सहित अब बैंकको शाखा संख्या ६६ वटा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रिया सहित) पुगेको छ । पर्वतको जलजला गाउपालिका, बैतडीको सुर्नया गाउपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा क्रमशः ६४औं, [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन पर्वत, बैतडी र भोजपुरमा गरी तीव वटा शाखा विस्तार गरेको छ । यी ३ शाखा सहित अब बैंकको शाखा संख्या ६६ वटा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रिया सहित) पुगेको छ ।

पर्वतको जलजला गाउपालिका, बैतडीको सुर्नया गाउपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा क्रमशः ६४औं, ६५औं र ६६औं शाखा विस्तार गरेको हो ।

पर्वतको जलजलासहित दमौली, वालिङ, पोखरा, लेकसाइट गरी प्रदेश नम्बर ४ मा यस बैंकको ५ वटा शाखा पुगेको छ । त्यस्तै बैतडीको सतबाजसहित दिपायल, मंगलशेन धनगढी गरी प्रदेश नम्बर ७ मा बैंकको ४ वटा शाखा पुगेको छ ।
यसैगरी, भोजपुरको तिवारी भन्ज्याङसहित विर्तामोड, उर्लाबारी, विराटनगर, इटहरी, गाईघाट, खादबारी र लुक्ला गरी अब प्रदेश नम्बर १ मा यस बैंकको ८ वटा शाखा पुगेको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उद्देश्य रहेको छ ।

Share News