नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि

<p>काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि मंगलबारको सेयर बजारले स्वागत गरेको धितोपत्र बजारका विज्ञहरुले बताएका छन् । मंगलबारको परिसूचक ५.८६ अंकले उकालो लागेर १३६४.८१ अंकमा पुगेको छ । बजारमा ५५ करोड ६८ लाख रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि मंगलबारको सेयर बजारले स्वागत गरेको धितोपत्र बजारका विज्ञहरुले बताएका छन् ।

मंगलबारको परिसूचक ५.८६ अंकले उकालो लागेर १३६४.८१ अंकमा पुगेको छ । बजारमा ५५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम अघिल्लो दिन(सोमबार)को तुलनामा ४४ लाख रुपैयाँ बढी हो । सोमबारको सेयर बजारमा ५५ करोड २४ लाखको सेयर किनबेच भएको थियो ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन ६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९० रुपैयाँ रहेको छ । त्यस्तै, प्रभु बैंकको ६ करोड १८ लाखको सेयर किनबेच भएको छ ।

त्यस्तै, मंगलबार कारोबारमा आएका ५ वटा समूहको परिसूचक हरिया भएका छन् भने बाँकी ४ समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३१ अंकले उकालो लागेको छ ।

सो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले करिब ५.४७ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.००९ प्रतिशतले घटेको छ ।

Share News