एक्सेल डेभलपमेन्ट बैंकको १९औं शाखा मोरङको विराटचोकमा

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १९ औं शाखा मोरङ जिल्लाको विराटचोकमा स्थापना गरी उद्घाटन गरेको छ । उक्त शाखाको औपचारिक उद्घाटन मंगलबारका दिन सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल र यस बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् । बैंकले उक्त शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । हाल बैंकले विभिन्न [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १९ औं शाखा मोरङ जिल्लाको विराटचोकमा स्थापना गरी उद्घाटन गरेको छ । उक्त शाखाको औपचारिक उद्घाटन मंगलबारका दिन सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल र यस बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् ।

बैंकले उक्त शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । हाल बैंकले विभिन्न २२ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै, चालु आ.व.मा आफ्नो कार्यक्षेत्र भित्रका थप केहि ठाउँहरुमा शाखा विस्तार गर्ने बैंकको लक्ष्य रहेको छ ।

 

Share News