काठमाडौं । सानिमा बैंक लिमिटेडले एकैसाथ ७ नयाँ शाखाहरु खोलेको छ । बैंकले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ ।
अमरगढी र टिकापुर शाखाको उद्घाटन बैंकका ब्राण्ड प्रवद्र्धक कलाकार हरीवंश आचार्य र संचालक भरतबहादुर थापाले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै, तान्सेन शाखाको उद्घाटन ब्राण्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह जोडी)तथा संचालक भरतबहादुर थापाले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा बैंकका संचालक भरतबहादुर थापाले ग्राहकवर्गको थप सेवा तथा सुविधाकालागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताएका छन् । साथै, उनले थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।