काठमाडौं । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले एयरवेजको ब्यापक विस्तार योजनातथा अष्ट्रेलियामा थप यात्रु ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले क्यानबेरन्सलाई दोहा स्थित हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआईए)को माध्यमबाट व्यापक वैश्विक सञ्जालसंग जोड्ने प्रतिबद्धता समेत जाहेर गरे ।
‘अष्ट्रेलियामा हाम्रो पाँचौ गणतव्यका रुपमा क्यानबेरामा नयाँ दैनिक उडान सेवा सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौँ । नयाँ उडान सेवाले अष्ट्रेलियन यात्रुहरुलाई थप सहजता उपलब्ध गराउनुका साथै हमाद ईन्टरनेशनल एयरपोर्ट, ट्रान्जिट मार्फत हाम्रो वैश्विक सञ्जालद्वारा ब्यापक गणतब्यको छनोटका लागि समेत सघाउनेमा हामी विश्वस्त छौँ’, कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले भने ।
क्यानबेरामा सञ्चालित नयाँ उडान तालिकाले अष्ट्रेलियन महादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रति हप्ताभन्दा बढीले बृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ । कतार एयरवेजले आफ्नो बोइङ बी७७७विमानमार्फत क्यानबेराकालागि दैनिक उडान सेवा उपलब्ध गराउने छ । बी७७७द्धारा बिजनेस क्लास मार्फत ४२ फ्ल्याटबेड सिट र ईकोनोमीक्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
दोहा-क्यानबेरा उडान तालिका
दैनिक
दोहादेखि सिड्नी क्यूआर छुट्ने-७ः५५ पुग्ने-६ः२५+१
सिड्नीदेखि क्यानबेरा क्यूआर९०६ छुट्ने- ७ः२५ पुग्ने- ८ः३५
क्यानबेरादेखि सिड्नीक्यूआर९०७ छुट्ने-१३ः४५ पुग्ने – १४ः४५
सिड्नीदेखि दोहाक्यूआर९०७ छुट्ने – १५ः५५ पुग्ने- २३ः३०