काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडले कास्कीको लेखनाथ नगरपालिका १७ मा शाखा बिस्तार गरेको छ । शाखाकाे उद्घाटन महानगरका प्रमुख मानबहादुर जीसीले गरेका हुन् ।
कार्यक्रममा जीसीले बैंकले विधि र विधानलाई आत्मासाथ गरेर अगाडी बढ्दा सफल हुने बताएका छन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य ओमप्रसाद गौचन लगायतले शुभकामना व्यक्त गरेका थिए ।