सेयर मार्केट कमप्लेक्समा भएको आगलागीबाट ५० लाखको क्षति

<p>काठमाडौ । पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब ५० लाख रुपैयाँको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौं तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिए । उक्त घटनामा [&hellip;]</p>

काठमाडौ । पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब ५० लाख रुपैयाँको क्षति भएको छ ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचौं तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिए । उक्त घटनामा मानवीय क्षति भने भएको थिएन ।

आगो नियन्त्रणमा लिन घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका थिए भने काठमाडौँ उपत्यकाका चारवटा दमकल प्रयोग गरिएको थियो ।

सो संस्थाबाट उच्च शिक्षाको अध्ययन पूरा गरेका विद्यार्थीलाई विभिन्न मुलुकमा थप अध्ययनका लागि आवश्यक परामर्श तथा अध्यापनको कार्य गरिँदै आएको थियो । यस्तै एनआईसी बैंकको शाखालगायत केही कार्यलयमा पनि क्षति भएको छ । आगलागीबाट सीडीएस क्लियरिङ हाउस लिमिटेडमा भने क्षति भएन् । सीडीएसमा सेयर डाटा रहेको छ । रासस

 

Share News