टिकापुर घटनाका नाइके रेशम चौधरी जेल चलान

<p>काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई अहिले धनगढी कारागारमा राखिएको छ । घटनापछि फरार चौधरीले सोमबार बिहान अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले उनले जेल पठाएको हो । यसअघि चौधरीले आफूमाथि लागेको अभियोग सत्य नभएको जिगिर गरेका थिए । उनका वकिलले सांसदको [&hellip;]</p>

काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई अहिले धनगढी कारागारमा राखिएको छ ।

घटनापछि फरार चौधरीले सोमबार बिहान अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले उनले जेल पठाएको हो । यसअघि चौधरीले आफूमाथि लागेको अभियोग सत्य नभएको जिगिर गरेका थिए ।

उनका वकिलले सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए । अर्को पेशी फागुन १६ लाई तोकिएको छ ।

‘जनमत प्राप्त गर्नुपूर्वको फौजदारी क्रियाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन अदालतले भनेको छ ।

 

 

 

Share News