
काठमाडौं । एनआईसी एसिया बैंकले १० प्रतिशत ब्याज दिने गरी सम्मुनती प्लस वचत खाता योजना ल्याएको छ ।
सम्मुनती प्लस खातामा दैनिक मौज्दात न्युनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ ।
यो खाता खोलेपछि लकर सुविधामा ५० प्रतिशत छुट र इन्टरनेट, मोवाइल बैंकिङ र निःशुल्क डीम्याट खाता र डेविट कार्ड उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले त्रैमाशिक रुपमा ब्याज भुत्तानी दिने भएको छ ।
यसअघिका सम्मुनती वचत खाता र सम्मुनती मुद्धति खाता लोकप्रिय भएपछि नयाँ वचत योजना सार्वजनिक गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।