सवारी चोरीको घटना बढ्दै, ४५ दिनमा १५० मोटरसाइकल चोरी

<p>काठमाडौं । काठमाडौंमा सवारीसाधन चोरीको घटना बढ्दै गएको छ । गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म १ सय ८४ वटा सवारी साधन चोरी भएको हो । महानगरिय ट्राफिक महाशाखाका अनुसार १ सय ५० वटा मोटरसाइकल चोरी भएका छन् । त्यसैगरी २५ वटा स्कुटी, ३ वटा जिप र ६ वटा साइकल चोरी भएका छन् । [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा सवारीसाधन चोरीको घटना बढ्दै गएको छ । गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म १ सय ८४ वटा सवारी साधन चोरी भएको हो ।


महानगरिय ट्राफिक महाशाखाका अनुसार १ सय ५० वटा मोटरसाइकल चोरी भएका छन् । त्यसैगरी २५ वटा स्कुटी, ३ वटा जिप र ६ वटा साइकल चोरी भएका छन् । मोटरसाइकलको प्राविधिक पाटो निकै फितलो रहेको हुने भएकोले चोरीको घटना बढ्दै गएको महाशाखाको सहप्रवक्ता मुकुन्द मरासिनी बताए ।

मोटरसाइकल चोरी गरेरे पार्टपुर्जा सजिलै अर्को मोटरसाइकलमा सार्न सकिने र सजिलै लुकाउन सकिने भएकाले मोटरसाइकल चोरीको घटना बढ्दै गएको प्रहरी डिएसपी नविनराज राईले बताए ।  चोरी नियन्त्रणका लागि प्रहरीले विषेस योजना बनाएर अघि बढिरहेको राईले जानकारी दिए । हराएको सवारीको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Share News