सेयर बजार घट्दा लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए, यस्तो छ कारण

<p>काठमाडौं । दोहोरो अंकले घटेको सोमबारको बजारमा लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा झुम्मिएका छन् । एकैदिन यस कम्पनीको ५८ हजार ६२४ कित्ता सेयर १० करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८४ रुपैयाँ रहेको छ । सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता यस कम्पनीमा झुम्मिएका [&hellip;]</p>

काठमाडौं । दोहोरो अंकले घटेको सोमबारको बजारमा लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा झुम्मिएका छन् । एकैदिन यस कम्पनीको ५८ हजार ६२४ कित्ता सेयर १० करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८४ रुपैयाँ रहेको छ । सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता यस कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने घोषणा गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सपछि प्रभु बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबराको सेयर किनबेच भएको छ । सोमबारको बजारमा कुल १५१ कम्पनीको ५५ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

सो दिन सेयर बजार १५.७८ अंकले घटेर १३५८.९५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा सोमबारको परिसूचक १.१५ प्रतिशतले घटेको हो ।

दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२२ अंकले ओरालो लागेको छ ।

Share News