काठमाडौं । जापान सरकारले नेपाललाई ३५ करोड येन बराबरको ५ हजार १७४ टन चामल दिएको छ । उक्त चामल नेपाल खाद्य संस्थानले आफ्ना विभिन्न गोदामहरुमा स्टक गरिसकेको जानकरी दिएको छ ।

संस्थानका प्रवक्ता शंकर सापकोटाले केही दिनअघि मात्रै उक्त जापन सरकारले दिएको चामल भित्रिसकेको बताए । उनको अनुसार डिसेम्बर २०१६ मा जापान र नेपाल सरकारबीच भएको सम्झौता बमोजिम चामल नेपालमा भित्रिएको हो ।
विभागका अनुसार उक्त चामल ५ सय १८ टन विरगञ्ज, १ हजार ५५२ टन नेपालगञ्ज, १ हजार ५५२ टन सुर्खेत र १ हजार ५५२ टन काठमाडौंस्थित सस्थानको आफ्नो गोदाममा थन्क्याइएको छ ।
त्यस्तै जापनले आगामी बर्ष समेत नेपालाई ३५ करोड येन बराबरको चामल दिने भएको छ । संस्थानको अनुसार २५ जनवरी २०१८ मा नेपाल सरकार र जापान सरकारबीच खाद्यन्न सहयोग गर्ने उक्त सम्झौता भएको हो ।