काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्रीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ सम्पन्न गरेको छ । साथै, कम्पनीले सोही कार्यक्रममा आफ्ना डिलरहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा आफ्नो उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो । जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, विराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो र गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।
साथै, नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री ट्रेडर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो । साथै, यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा समेत आयोजना गरिने कुरा कम्पनीका महा-प्रबन्धक सुरेशकुमार तिवारीले बताए ।