नेपाल इन्भेष्टमेण्ट बैंक ३३औँ वर्षमा प्रवेश

<p>काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले स्थापनाकालको ३२औं वर्ष पूरा गरी ३३औँ वर्षमा प्रवेश गरेको छ । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६३ [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले स्थापनाकालको ३२औं वर्ष पूरा गरी ३३औँ वर्षमा प्रवेश गरेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६३ वटा शाखा रहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

आ.व. २०७३–७४ मा बैंकको सञ्चालन मुनाफा ५ अर्ब २४ करोड रुपैयाँ र खुद नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेकोे थियो । साथै, गत आर्थिक वर्षको अन्त्यमा बैंकको शेयरधनी कोष १८ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी रहेको बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ सय १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधि सम्ममा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेको छ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहकलाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

बैंकले निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । साथै, बैंकले बैंक अफ दि इयर नामक उपाधि पाँच पटकसम्म प्राप्त गरेको छ ।

Share News