काठमाडौं । हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर र्याली आइतबार भारतका लागि प्रस्थान गरेको भएकाे छ । त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले भारतको सिलगुडीबाट छौठौँ संस्करणको उक्त मोटर र्याली शुक्रबारदेखि सुरु भएको हो ।

भारतको सिलिगुडी हुदैँ शनिबार नेपालको चितवन सौराहा र्याली आइपुगेको आयोजकले जनाएको छ । र्याली भारतको जस्ट स्पोर्ट्ज म्यानेजमेन्ट प्रालि र नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबको आयोजनामा भएको हो ।
आयोजकको अनुसार र्यालीमा नेपाल, भारत र भुटानका प्रतिस्पर्धीहरु सहभागी छन् । र्याली भुटानको फुन्सोलिङ हुदै दार्जिलिङ पुगेर सकिने नेपालकोतर्फका कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिएका छन् ।
१६ सय ५० किलोमिटरको दुरी पार गनुपर्ने उक्त र्यालीमा नेपालको ४ टिमसहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी रहेको आयोजकको भनाइ छ ।
र्यालीका प्रतिस्पर्धी मध्ये पहिलो, दोस्रो र तेस्रो विजयीलाई पुरस्कारको समेत व्यवस्था भएको आयोजकले जनाएको छ ।