ग्लोबल आइएमई बैंकको एकैदिन ६ वटा शाखा संचालनमा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार एकैदिन ६ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले गोरखाको गोरखाबजार, बाराको निजगढ, मोरङ्गको बिराटचोक, काठमाण्डौंको मनमैजु र हात्तिगौडा र डोटीको चवारा चौतारामा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । उक्त नयाँ ६ शाखा सहित बैंकको शाखा कार्यालयहरुको संख्या १२० पुगेको छ । बैंकले सबै [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार एकैदिन ६ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले गोरखाको गोरखाबजार, बाराको निजगढ, मोरङ्गको बिराटचोक, काठमाण्डौंको मनमैजु र हात्तिगौडा र डोटीको चवारा चौतारामा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

उक्त नयाँ ६ शाखा सहित बैंकको शाखा कार्यालयहरुको संख्या १२० पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२० वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

Share News