गण्डकी विकास बैंकले लागू गर्यो सि आस्वा सेवा

<p>काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि अनलाईन मार्फत सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न सकिने सि आस्वा सेवा लागू गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्य रुपमा सि आस्वा प्रणाली मार्फत शेयर आवेदन गर्नु गराउने पर्ने व्यवस्था गरेको हुँदा बैंकले यस सेवाको शुरुवात गरेको हो । यो व्यवस्था लागु [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि अनलाईन मार्फत सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न सकिने सि आस्वा सेवा लागू गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्य रुपमा सि आस्वा प्रणाली मार्फत शेयर आवेदन गर्नु गराउने पर्ने व्यवस्था गरेको हुँदा बैंकले यस सेवाको शुरुवात गरेको हो ।

यो व्यवस्था लागु गरे पछि सार्वजनिक निष्कासनहरुको दरखास्त संकलन गर्ने कार्य अझ व्यवस्थित, छिटो छरितो एवं झण्झट रहित हुनेछ । यसबाट सेवाग्राहीहरुलाई सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न घरमै बसी बसी गर्न सकिने अवसर हुनेछ ।

सि आस्वा सेवा प्राप्त गर्नको लागि बैंकको कुनै पनि शाखा कार्यालहरुमा गई सि आस्वा रजिष्ट्रेसन फारम भरी सि आस्वा रजिष्ट्रेसन नम्वर प्राप्त गर्न सकिनेछ । सि आस्वा रजिष्ट्रेसन नम्वर प्राप्त गरी सके पश्चात लगानीकर्ताहरुले कुनै पनि स्थानमा रहेर कुनै पनि समय धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्न सक्नेछन् । अनलाइनमा लगानी गर्न असमर्थ हुने लगानीकर्ताहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरुमा गई सि आस्वा फाराम भरी आवेदन गरिने बराबरको रकम बैंकमा रहेको ग्राहकको खातामा नै रोक्का गराई बैंक मार्फत अनलाइन आवेदन गराउन सकिनेछ ।

अब उपरान्त जारी हुने सार्वजनिक निष्कासनमा आवेदन गर्दा अनिवार्य रुपमा सि आस्वा मार्फत गर्नु पर्ने नेपाल धितोपत्र बोर्डको निर्देशन भएकाले सेवाग्राहीले आफ्नो नजिकको बैंकको शाखा कार्यालयबाट अनिवार्य रुपमा सि आस्वा रजिष्ट्रेसन नम्वर (सीआरएन) लिन पनि आग्रह गरिएको छ ।

Share News