कैलाश विकास बैंकको सिल्भर जुब्ली बचत योजना अन्तर्गत ३ महिने मुद्दतीमा १२% ब्याज

<p>काठमाडौं । कैलाश विकास बैंकले आज(आइतबार)देखि लागु हुने गरी &#8216;कैलाश सिल्भर जुब्ली बचत&#8217; योजना सार्बजनिक गरेको छ । बैंकले सिल्भर जुब्ली बचत खातामा ८.५० प्रतिशत वार्षिक ब्याज र ३ महिने मुद्दती खातामा १२ प्रतिशत वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार बैंकले २५औँ वर्षमा प्रवेश गरेको रजतवर्षको अवसरमा [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंकले आज(आइतबार)देखि लागु हुने गरी ‘कैलाश सिल्भर जुब्ली बचत’ योजना सार्बजनिक गरेको छ । बैंकले सिल्भर जुब्ली बचत खातामा ८.५० प्रतिशत वार्षिक ब्याज र ३ महिने मुद्दती खातामा १२ प्रतिशत वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठका अनुसार बैंकले २५औँ वर्षमा प्रवेश गरेको रजतवर्षको अवसरमा यो योजना प्रस्तुत गरेको हाे ।

हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा कम्पनीले २६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले जनाएको छ ।

४३ वटा शाखाबाट आप्नो वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले यही फाल्गुन मसान्तसम्ममा विराटनगरमा र यही आर्थिक वर्षमा विरगंज र दमकमा थप दुई शाखा संचालनमा ल्याउने योजना रहेको जानकारी गराएको छ ।

Share News