काठमाडौं । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको छ । उक्त अवसरमा बैंकले सोही स्थानको प्रहरी चौकी निर्माणको लागि ५ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रकुमार शाहलाई ५ लाख रुपैयाँको चेक प्रदान गरेका छन् ।
गाउँपालिका प्रमुख महेन्द्रकुमार यादवले आगामी ३ महिना भित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताएका छन् ।